प्रमुख दल सम्मिलित उच्चस्तरीय राजनीति समितिको बैठक स्थगित

काठमाडौं, कार्तिक २१ । संविधानका विवादित विषयमा सहमति खोज्न हम्मेहम्मे परिरहेको बेला राजनीतिक सहमति जुटाउन शुक्रबार बस्ने भनिएको प्रमुख दल सम्मिलित उच्चस्तरीय राजनीति समितिको बैठक स्थगित भएको छ ।
संविधानका विवादित विषयमा सहमति खोज्ने जिम्मेवारी बोकेको संविधानसभाअन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका अध्यक्ष डा. बाबुराम भट्टराईले समितिको बैठक नै नराखेका बेला संविधानसभा बाहिरको राजनीतिक समितिको बैठक बस्ने भनिएकोमा फेरि स्थगित गरिएको हो ।
समितिको नेतृत्व एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरिरहेका छन् । IMAGEKHABAR