काठमाडौं, कार्तिक २२ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको पोलिटब्युरो तथा स्थायी कमिटी गठनबारे छलफल गर्न शनिबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठक एक महिनापछि बस्ने गरी स्थगित भएको छ । यसअघि पनि पटक-पटक एमाले केन्द्रीय कमिटीको बैठक स्थगित भएको थियो ।
एमाले मुख्यालय बल्खुमा शनिबार केहीबेर बसेको बैठक मंसिर २२ गते बस्ने गरी स्थगित भएको हो । निर्धारित मितिमै संविधान जारी गर्न दलहरुबीच छलफल जारी राख्नुपर्ने भएकाले बैठक स्थगित गरिएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।
आजको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो वरीयता दिएको छ । नेपाललाई तेस्रो वरीयता दिने अध्यक्ष केपी ओलीको प्रस्तावलाई केन्द्रीय कमिटीले पारित गरेको हो । पार्टीमा अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा पूर्वअध्यक्ष झलनाथ खनाल र तेस्रो वरीयतामा नेता नेपाल रहनेछन् ।
बैठकमा ओलीले संघीयतामा जाँदा ७ प्रदेशभन्दा बढी स्वीकार्न नसक्ने धारणा राखेका थिए । धेरै प्रदेश मुलुकले धान्न सक्दैन भन्दै अध्यक्ष ओलीले ७ भन्दा बढी प्रदेशमा जान नसकिने बताएका थिए ।
बैठकमा उपाध्यक्ष भीम रावलले संघीयता र शासकीय स्वरुपलगायत कांग्रेससँग भएको नौ बुँदे सहमतिबारे जानकारी गराएका थिए ।
केन्द्रीय कमिटिको बैठक पटक