वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । साना पशुपालक कृषकहरको व्यावसायीकरण गर्नको लागि पकेट क्षेत्र निर्धारण तथा गाविस छनोट विषयक गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ ।
कृषकहरुलाई थप उर्जा र हैसला थप्नको लागि किसानका लागि उन्नत बीच बिजन कार्यक्रम व्यवस्थापन कार्यालय रुपन्देहीले आयोजना गरेको कार्यक्रममा जिल्लाको सन्धिखर्क, भगवती र पोखराथोकमा सेन्टर राखेर उन्नत बीच उत्पादन गरिने भएको छ ।
कार्यक्रममा कृषक गणेश बञ्जाडे, जानका बञ्जाडे, उद्योगा वाणिज्य संघका महासचिव नेत्रप्रसाद भुसाल, काग्रेस सभापति कमल प्रसाद भुसाल, एमाले उपाध्यक्ष जीवनारायण कोईराला, राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसी, लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रम स्थानीय विकास अधिकारी हरि ज्ञवालीको अध्यक्षता डा. शरणकुमार पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा तुल्सी भण्डारी, डा. रामनारयण मण्डल लगायतले प्रतिवेदन प्रस्तु गरेका थिए ।