अखिल नेपाल महिला संघ क्षेत्रिय समिति क्षेत्र नम्बर २ अर्घाखाँचीको दोस्रो पूर्ण बैठक सम्पन्न

वीरेन्द्र केसी

सन्धिखर्क, अर्घाखाँची । अखिल नेपाल महिला संघ क्षेत्रिय समिति क्षेत्र नम्बर २ अर्घाखाँचीको दोस्रो पूर्ण बैठक  सम्पन्न भएको छ । 
मदन आश्रित स्मृति भवनमा सुरु भएको बैठकमा आगामी नोभेम्बर २५ गते देखि डिसेम्बर१० गते सम्म महिला हिंसा बिरुद्द अभियान चलाउने निर्णय गरेको छ । साथै मंसिर र पुस महिना भर संगठन बिस्तार तथा सदस्यता बितरण गर्ने र गाउँ – गाउँमा सम्मेलन गर्ने समेत निणर्य भएको बताईएको छ ।  
बैठकमा नेकमा एमाले सचिवालय सदस्य एवं अनेमसंघ इन्चार्ज इश्वरा पोखरेल, अनेमसंघ केन्द्रिय सदस्य बिजुला रायमाझी, अनेमसंघ सचिव सिता श्रेष्ठ, कोषध्यक्ष दिपा आचार्य, सदस्य मेनुका पौडेल लगायतको उपस्थिती रहेको थियो । 
बैठक क्षेत्रिय अध्यक्ष सुमित्रा मुखियाको अध्यक्षता र सचिव सरस्वता आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु