बारामा एक बालिकाको बलात्कारपछि मृत्यु

बारा, कार्तिक २३ । बारामा एक बालिकाको बलात्कारपछि मृत्यु भएको छ । बाराको कलैया नगरपालिका ८ मर्दसा टोल बस्ने ८ वर्षीया कन्चन ठाकुरको बलात्कारपछि मृत्यु भएको हो ।
शनिबार राति ७ बजे घरबाट पसलमा चाउचाउ किन्न गएकी बालिका अबेरसम्म पनि घर नफर्केपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । प्रहरीले बालिकाको खोजी गर्दा कलैया अस्पतालको पछाडि झाडीमा अचेत अवस्थामा फेला पारेको थियो ।
बालिकालाई नारायणी अस्पताल वीरगंजमा लगेकोमा उनको असपतालमै मृत्यु भएको हो । बलात्कारमा संलग्न रहेको आशंकामा सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
IMAGEKHABAR