गच्छेबजार, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-९ गच्छेबजार नजिकको बाटोमा (ढिकुरा जाने सडक खण्डमा) सोमबार बिहान एक बाघको बच्चा (डम्मरु) मृत अवस्थामा फेला परेको छ ।
करिब ३ किलो र अन्दाजी ५ महिना उमेरको उक्त बच्चाको लम्बाई २ फिट ३ इन्च, खुट्टाको लम्बाइ ११ इन्च, ढाडको मोटाइ ५ इन्च, पुच्छरको लम्बाइ ११ इन्च रहेको छ।
मृत बाघको मुचुल्का उठाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला वन कार्यालयका अधिकारी आएका थिए। बाघको टाउकोमा गहिरो चोट रहेको र अन्य जनावर वा भाले बाघले आक्रमण गरेको आशान्का गरिएको छ।
अर्घाखाँची जिल्लामा केही समय अघि देखि बाघको बिग-बिगी बढेको छ। कयौ घरलु जनावर लगायत आधा दर्जन मानिसहरुलाई आक्रमण गरी खाएको, मारेको छ।
यसअघी सन्धिखर्क नगरपालिका वाड न. १० किमडाडा निवासी ५ बर्षिय वालिका सुजाता बिकको आफ्नै घरको आगनमा खेलिरहेको अबस्थामा बाघले आक्रमण गर्दा ज्यान गएको थियो।
यसैगरी सन्धिखर्क नगरपालिकाको वाड न. १० गाजरीमा पनि एक बालकबाघको आक्रमणबाट घाइते भएका थिए । उनी अझै सम्म पुर्ण निको भएका छैनन ।
साथै नुवाकोटमा २, किमडाँडामा १ र सन्धिखर्कमा १ गरि ४ जना बालकको ज्यान गए पछि सन्धिखर्क,किमडाँडा, नुवाकोट अर्घा, ढिकुरा लगायतका बासिन्दाले बाघ मार्नु पर्ने बताउदै आएका थिए ।
गत बर्षको बैसाख ३ गते किमडाँडा गाविस वाड न. १ मरासिनी टोला निवासी राम प्रसाद मरासिनी र शान्ता मरासिनीका छोरा २० महिनाको युबराज मरासिनीलाई घरैबाट आकमण गरि लगेर बाघले खाएको थियो ।
त्यस भन्दा पहिले नुवाकोट गाविसको वाड न. ४ सुरसिंगमा दुर्गाबहादुर नेपालीको छोरा ३ बर्षिय नारायण नेपाली र पिताम्बर नेपालीको छोरा ६ बर्षिय उमे नेपालीलाई बाघले खाएको थियो ।
छोरा छोरी जन्मिए पछि नै कति सपना बुनेका ५ जोडी आमा बुबाहरुको सारा सपनाहरु चक्नाचुर बनेका छन । उनीहरुले जस्तै अब अरुले छोराछोरी गुमाउन नपरोस भनेर बाघ मार्न प्रशासनलाइ आग्रह गरेको स्थानीय बासिन्दाहरु बताउन्छन ।
(केही समाचार प्रेमनारायण आचार्यबाट / तस्बिरहरु: अर्घाखाँचीडट्कम् )