चीनका राष्ट्रपति सी जिनपिङद्धारा एकीकृत आर्थिक गतिविधिलाई गति दिइ विश्वब्यापी आर्थिकबृद्धि गर्न अपील

चीनका राष्ट्रपति सी जिनपिङले एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरुलाई एकीकृत आर्थिक गतिविधिलाई गति दिइ विश्वब्यापी आर्थिकबृद्धि गर्न अपील गरेका छन् । चीनमा आयोजना गरिएको एसिया प्रशान्त आर्थिक सहयोग संगठन (एपेक)को दुईदिने सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त कुरा बताएका हुन् ।
अमेरिका र चीनबीचको व्यापार योजनामा केही मतभेद भइरहेको अवस्थामा दुबै देशले प्रविधि उत्पादनमाथिको भन्सार शुल्क हटाउने सम्झौता गरी व्यापारको क्षेत्रमा क्रमभंगता गरेका छन् ।
यसैबीच, बैठकमा सहभागी राष्ट्रप्रमुखहरुले युक्रेन संकट र हराइरहेको मलेसियन विमान पत्ता लगाउन नसकेकोमा चर्को आलोचना गरेका छन् ।
युक्रेनका विषयमा रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाइएपछि रुस एक्लो भएको प्रतिक्रिया बैठकमा सहभागीहरुले दिएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच पनि इरान, सिरिया र युक्रेनका विषयमा छलफल भएको छ । दुई नेताबीच तीनपटक भएको भेटवार्तामा इरानको आणविक कार्यक्रमबारे पनि छलफल भएको थियो ।
ओबामाले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग भने सीमा समस्याकाबारेमा कुराकानी गरेको बुझिएको छ ।
चीनले भने एपेकको क्षमता बृद्धिका लागि एक करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । (एजेन्सी)