मालीमा इबोलापीडित नर्सको मृत्यु भएको छ । गिनीबाट फर्केका इबोला संक्रमितको उपचारमा संलग्न नर्स आफैं संक्रमित भएपछि मालीको राजधानी बामाको एक क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।
नर्सको मृत्युसँगै मालीमा इबोलाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
पश्चिम अफ्रिकाबाट फैलिएको इबोलाका कारण गिनी, लाइबेरिया, र सियरालियोनमा मात्रै पाँच हजारभन्दा बढीको मृत्यु भइसकेको छ । (एजेन्सी)