लिबियाको पूर्वी सहरमा तीन युवाको शव शीरछेदन गरिएको अवस्थामा फेला परेको छ ।
सोसल मिडियामार्फत् देशको गतिविधिका बारेमा सूचना उपलब्ध गराउँदै आएका उनीहरुको आतंकवादी समूह आइएस विरोधीले नै शीरछेदन गरेको हुनसक्ने आशंका गरिएको छ ।
गत महिना आतंकवादी समूह आइएसले उनीहरुको अपहरण गरेको थियो । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
लिबियामा कर्णेल गद्दाफी अपदस्थ भएपछि विभिन्न आतंकवादी समूहले आतंकवादी गतिविधि गर्दै आएका छन् । (एजेन्सी)