एकीकृत माओवादीका नेताद्धय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ संविधानमा सहमतिका लागि तयार, १० प्रदेशबाट तल झर्न सकिने संकेत

काठमाडौं, कार्तिक २७ । एकीकृत माओवादीका नेताद्धय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले आफूहरु संविधानमा सहमतिका लागि तयार रहेको बताएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पाबाट फर्कंदै गर्दा विहीबार सानेपास्थित बाबुराम निवासमा पत्रकार सम्मेलन गरी भट्टराई र श्रेष्ठले सबैभन्दा विवादमा परेको संघीयतामा नामाकरणको जिम्मा प्रदेशसभालाई नै दिनेगरी सहमति गर्न सकिने बताए ।
दाहालले जातीय नामका १० प्रदेशको अडान लिइरहेको बेला भट्टराई र श्रेष्ठले भने १० प्रदेशबाट तल झर्न सकिने संकेत गरे । नेताद्धयले दाहाललाई संविधान लेखनबाट भाग्न नदिने पनि बताए ।
IMAGEKHABAR