दलहरुबीच तीन दिनभित्र सहमति नभए मुलुकमा महाभारत शुरु हुन्छः भट्टराई

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको शुक्रबार बसेको बैठक विना निष्कर्ष सकिएको छ। दिउसो एक बजेदेखि साँझ साढे पाँचबजेसम्म चलेको बैठक स्थगित गर्दै समितिका सभापति बाबुराम भट्टराईले तीनदिन पछि पुनः बस्ने बताए। 
 
बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै समिति सभापति भट्टराईले दलहरुबीच छलफल हुँदै जादाँ उनीहरुबीच खाडल बढेकोले मुलुक गम्भिर मोडमा आइपुगेको बताए। 
 
भट्टराइले अबको तीन दिनभित्र सहमति नभए देश गम्भिर तर फरक प्रकृतिको द्वन्द्वमा फस्न सक्ने बताए। 
 
आज बिहान बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरुका बीचमा आफूले १२ बुँदे समझदारीयताका सहयात्रीका बीचमा सहमतिको विकल्प नभएको र सहमति कायम नगर्ने हो भने देशमा फेरि द्वन्द्वको पुनरावृत्ति हुनेमा आफूले सचेत गराएको पनि सभापति भट्टराईले बताए।