पाँचथर, कार्तिक ३० । सरकार र संघिय लिम्वुवान पार्टी नेपालबीच भएको पांच बुंदे सहमति कार्यान्वयनको माग राख्दै संघिय लिम्वुवान पार्टी नेपालले आज पूर्वका नौ जिल्ला बन्दको आह्वान गरको छ ।
पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम, मोरङ, सुनसरी, धनकुटा, लगायतका जिल्लामा वन्दको प्रभाव परेको छ । यी जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन संचालन हुन सकेका छैनन् भने बजार, पसल, बिद्यालय र कलकारखाना ठप्प छन् ।
अरुण पूर्वका नौ जिल्लालाई लिम्वुवान स्वायत्त राज्य बनाउनुपर्ने लगायत पांच वटा वुदाँमा सहमति भएपनि अहिलेसम्म कार्यान्वयन नभएको संघिय लिम्वुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनको भनाइ छ ।
IMAGEKHABAR