काठमाडौं- संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानका विवाद (असहमति) मा प्रश्नावली बनाउने प्रक्रियामा प्रमुख दलबीच सहमति भए संविधानसभामा उक्त प्रस्ताव पठाउन आफू बाधक नबन्ने बताएका छन्।
शनिबार नागरिकसँग विशेष कुराकानी गर्दै सभापति भट्टराईले दलहरुबीच सहमति हुनै नसके पनि त्यसलाई संविधानसभामा कसरी प्रस्तुत गर्ने भन्नेमा सहमति बन्नुपर्ने प्रस्ट पारे। सहमतिको सम्भावना टुंगिएपछि प्रश्नावली बनाउनुपर्ने जनाउँदै उनले त्यसका लागि अहिलेसम्म कुनै दलले छलफलसम्म नगरेको पनि खुलासा गरे।
‘सहमतिको समय टुंगियो भनेपछि विवादित विषयमा प्रश्नावली बनाउने हो,’ भट्टराईले भने, ‘अब सहमति हुँदैन प्रश्नावली बनाऊँ भनेर भन्न सक्नुपर्योि। तर, त्यसो भन्ने आँट कसैले गरेको छैन। उता (संविधानसभामा) गएर कसरी सहमति हुन्छ त? प्रश्नावली बनाए पनि यहीँ बनाउने हो।’
समितिमा आएका प्रस्ताव संविधानसभामा कसरी पठाउने भन्नेमा सहमति भए आफूले एकछिन पनि नरोक्ने दोहोर्याआउँदै भट्टराईले भने, ‘मैले अब प्रश्नावली बनाउने हो त भनेर सोध्दा फेरि उहाँहरू (दलका नेताहरू) नै होइन भन्नुहुन्छ।’ कांग्रेस