विनोद गैरे
नुवाकोट, अर्घाखाँची । नुवाकोट गाँउ विकास समितिले आज भव्य कार्यक्रमका विच गाविसलाई पूर्ण साक्षर, पूर्ण खोपमुक्त तथा घरभित्रको धुवा मुक्त गाविस घोषणा गरेको छ।
प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी धन सिहं धामीले पानसमा बत्ति प्रज्वनन् गरी कार्यक्रमको विदिवत अद्घाटन गर्दै शिक्षा मानीसको मेरुडण्ड भएकोले सम्पूर्ण मानिसहरुले शिक्षा प्राप्तीको लागी कुनै पनि उमेर, लिङ्ग, जातभात नभनी शिक्षा प्राप्तीमा अग्रसर हुनु पर्नेमा जोड दिनुभयो । एक अर्को प्रसंगमा जिल्ला शिक्षा अधिकारी धामीले साक्षरताको पहिलो खुड्किलो घर भएकोले घरको कुनै पनि साक्षर सदस्यले निरक्षर परीवारका सदस्यहरुलाई उचित शिक्षाको वाताबरण सिर्जना गर्न सबैमा आग्रह गर्नुभयो ।
नुवाकोट गा.वि.स. पूर्ण साक्षर गा.वि.स. घोषणा भएकोमा धामीले धन्यवाद प्रकट गर्नुभयो । कार्यक्रमा जिल्ला जनस्वाथ्य अधिकृत लिलाराम गौतम, पत्रकार महासंघ जिल्ला साखा अर्घाखाँचीका विनोद गैरे, उर्जा तथा वाताबरण अधिकृत कपिल यादव, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक बेगम के.सी, जिल्ला बन कार्यालयका सहायक वनअधिकृत शम्भु तामाङ्ग, नुवाकोट असुरकोट श्रोत केन्द्रका चेतनारायण बेल्वासे, वायो वास जिल्ला संयोजक सुर्य के.सी तथा प्राविधिक लाल बहादुर जी.सी , नेपाली काग्रेसका लोकेन्द्र वि.क, ए.ने.क.पा माओवादीकी सुमित्रा बञ्जाडे, ने.क.पा एमालेका प्रेमनारायण गैरे, राष्ट्रिय जनमोर्चाका चेतनारायण गैरे , ने.क.पा माओवादीका खेम घर्ति, स्थानीय राजनैतिक दलका रेशम थापा, झुपलाल खनाल, खिम कुमार श्रेष्ठ, नुवाकोट स्थित सम्पूर्ण विद्यालयका प्र.अ, शिक्षक, विद्यार्थीहरु साथै स्थानीय जनताको बाक्लो उपस्थिती रहेको कार्यक्रमको सञ्चालन नुवाकोट मा.वि.का प्र.अ. पान बहादुर खत्री सभापतित्व नुवाकोट गा.वि.स.का सचिव वालबहादुर घर्ति क्षेत्री र स्वागत मन्तव्य नुवाकोट स्वास्थ्य चौकीका इन्चार्ज देव बहादुर थापाले गर्नु भएको थियो ।
कार्यक्रमका विचविचमा पञ्चेवाजाको सुमधुर धुन र स्थानीय कलाकारहरुको जोसिलो नाँचगानले कार्यक्रमलाई थप रोचक र उत्साहपूर्ण वनाएको थियो ।