अर्घाखाँचीमा क्षमता भन्दा बढी यात्रु र सामान बोक्ने गाडीलाई कारबाही अभियान तीब्र

सन्धिखर्क, अर्घाखाँची – प्रहरीले क्षमता भन्दा बढी यात्रु र सामान बोक्ने गाडीलाई कारबाही अभियान तीब्र पारेको छ । क्षमता भन्दा बढी यात्रु, जिप, बसको छतमा चढ्न र सामान बोक्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले कडाइका साथ कारबाही थालिएको प्रहरीले जनाएको छ ।

 

Photo8

सन्धिखर्कको अगुलाखोलामा सवारीसाधन चेकजाच गर्दै ट्राफिक प्रहरी । तस्बिर: अर्घाखाँचीडट्कम

 

१४ सिट क्षमताको जिपले ३० र बसले ७० जनासम्म यात्रु छत र भित्र कोचेर राख्दा दुर्घटना बढेका छन् । प्रहरीको तथ्यांकअनुसार वर्षमा ४० जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । यसको न्यूनीकरण गर्न प्रहरीले ठाउँठाउँमा निगरानी राख्ने गरेको छ ।

 



सन्धिखर्कको अगुलाखोलामा सवारीसाधन चेकजाच गर्दै ट्राफिक प्रहरी । तस्बिर: अर्घाखाँचीडट्कम

 

सन्धिखर्क-गोरुसिंगे सडकदेखि सदरमुकामबाट ग्रामीण भेगसम्म चल्ने सबै क्षेत्रमा हुने सवारीमा रोक लगाएको प्रहरी नायव उपरीक्षक दीपेन्द्र जिसीले बताए । सन्धिखर्क-गोरुसिंगे सडकमा सन्धिखर्कको चेकपोस्ट, नरपानी प्रहरी चौकी इलाका कार्यालय ठाडा र पथ्थरकोट चेकपोस्टमा जाँच गर्ने र आवश्यक ठाउँमा प्रहरी नै खटिने गरेको उनले बताए । सवारीमा छड्के गर्न सडकमै प्रहरी लिएर आफू हिंडेको र एक जना पनि यात्रु बढी राखे लाइसेन्स र बिलबुक नियन्त्रण लिने र फेरि अर्को पटक पनि यस्तै गरे सीधै लाइसेन्स प्वाल परिने जिसीले बताए । मोटरसाइकलमा हेलमेट नलगाउने र तीन जना राख्नेलाई पनि यस्तै कारबाही हुने उनले जनाए ।

 



सन्धिखर्कको अगुलाखोलामा सवारीसाधन चेकजाच गर्दै ट्राफिक प्रहरी । तस्बिर: अर्घाखाँचीडट्कम

 

यातायात व्यवसायीलाई ऐनको पालना गर्न सूचना दिएको र अटेर गरे कारबाही गरिने बताए । यसअघि प्रहरी चेकपोस्ट र चौकी अगाडि आउँदा छतका यात्रु परै झार्ने र कटेपछि राख्ने गर्दा बढी दुर्घटना हुने गरेको थियो । उनले मालबाहक गाडीले यात्रु राखे पनि कारबाही हुने दाबी गरे । जरिवानाले मात्रै अटेर गरेको प्रहरीले जनाएको छ ।

 



सन्धिखर्कको अगुलाखोलामा सवारीसाधन चेकजाच गर्दै ट्राफिक प्रहरी । तस्बिर: अर्घाखाँचीडट्कम

 

सवारी मालिकले आरामदायी सुविधाभन्दा पनि धेरै यात्रु कोचेर छिटो पैसा कमाउने सोचमा परिवर्तन हुनुपर्ने सरोकारवालाको भनाइ छ । सरकारको नियम पालना गर्ने देउराली यातायात व्यवसायी समिति अध्यक्ष योगेन्द्र खड्काले बताए । प्रहरी निरीक्षक प्रेम थापाले जोखिमपूर्ण रूपमा सवारी चलाउँदा जीउधनको क्षति हुने घटना बढेकाले रोक्न कानुनलाई कडाइसाथ पालना गर्न लागिएको बताए ।



Birendra KC contributed to this report.

अन्य समाचारहरु