कांग्रेस एमालेले अघि सारेको प्रस्तावलाई २२ दलीय मोर्चाले अस्वीकार गर्ने भएका छन्। मंगलबार बिहान एमाओवादी संसदीय दलको कार्यालयमा बसेको २२ दलको बैठकले एमाले र कांग्रेसले आफ्नो अडान नछाड्ने हो भने सहमति हुने सम्भावना लगभग सकिएको बताएका छन्।
बैठकबाट बाहिरिएर सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेस एमालेले आफ्नो अडान छाडे सहमतिको प्रयास अझै जारी रहेको बताएका छन्। उनले सहमतिका लागि सभामुख सहित तीन दलका शीर्ष नेताहरूको बैठक आज साढे ११ बजे बस्ने भन्दै सहमतिका लागि प्रयास जारी राख्ने बताए।
यस्तै बैठकमा सहभागी हृदयेश त्रिपाठीले कांग्रेस र एमालेले आफ्नो प्रस्तावलाई पारित गर्नका लागि बहुमत होइन सतप्रतिशत हस्ताक्षर संकलन गरेपनि यो विषयमा छलफल र सहमति हुन नसक्ने दाबी गरे।
SETOPATI