अर्घाखाँचीको राष्ट्रपति चुरे क्षेत्रमा अवैध काठ तस्करी

– वीरेन्द्र केसी

 

– तस्बिर खिच्दा सञ्चारकर्मीलाई धम्की

ठाडा, अर्घाखाँची । राष्ट्रपति चुरे संरक्षित क्षेत्रमा व्यापक काठ तस्करी भैरहेको छ । जंगल भित्रका ठुला रुखहरु दिनदाहाडै कटान भएका छन । जिल्ला वन कार्यालयले काठ काट्नमा रोक लगाएपनि चोरी रोकिएको छैन ।

 



अर्घाखाँचीको सिमलपानी राष्ट्रिय वनमा अवैध रुपमा सालका काठ काटदै ।  समलपानीका सिवलाल भटाले रुख काटेका हुन । तस्बिर: – वीरेन्द्र केसी, अर्घाखाँची डट्कम

 

जिल्लाकै घना जंगल क्षेत्र भएको जिल्लाको दक्षिणीमा रहेको चुरे संरक्षित क्षेत्र आठ गाविस मध्ये सिमलपानी, सिद्धारा र ठाडा सहित जिल्लाका अन्य वनमा पनि अवैध काठ काटनेक्रम रोकिएको छैन । घना जंगल भित्र पुगेर ठुला रुख आराले काटेर ढालेपछि त्यो बुटोमा आगो लगाउने गर्छन, सिमलपानीका एक स्थानीयले भने, अनकन्टार झाडी भित्र तस्करले दिउसै काठ काटेर रातीमा कपिलवस्तु तिर लैजाने गर्छन । ठुला तस्करहरु वन कार्यालयले पक्राउ गर्न सकेको छैन । कतै वन कार्यचारीको मिलेमतो हुनसक्छ, उनले भने, वनमा खबर गरेपनि वास्ता नगर्ने र पक्राउ परेपनि सजिलै उन्मुक्ति पाउछन । सिमलपानीको राष्ट्रिय वनमा सालका ठुला रुख काटेर चिरान गर्दै गरेको बेला स्थानीय शिवलाल भाट भेटिए । तस्बिर खिच्दा सञ्चारकर्मीलाई म काठ तस्कार हु किन काठको फोटो खिचेको भनेर धम्क्याएका थिए । उनी उम्कन चाहि पाएनन् । भाग्दै गरेको अवस्थामा पक्राउ परेपछि अहिले थुनामा छन । ५८.६९ सेफ्टी काठ पनि नियन्त्रणमा लिएको वन कार्यालयले जनाएको छ । उनले ठुला सालका रुख काटेर अवैध रुपमा जिल्ला बाहिर निर्यात गर्दै आएको स्थानीयको भनाई छ । 



सोमबार सिमलपानीकै कुम्लेधारी राष्टिय वनबाट सालका मुढा कपिलवस्तु तिर लैजादै गर्दा रुपन्देही गजुरीका सुरज, थारु, किसन थारु र रोगा थारु पावरा वनबाट पक्राउ परे । उनीहरुले दुई वटा सालका ठुला रुख काटेर मुढा लैजादै गरेको सहायक जिल्ला वन अधिकृत मदन ढुंगानाले बताए । सिद्धारा, सिमलपानी र ठाडाको वनबाट रुख काटेर कपिलवस्तु, रुपन्देही र दा

अन्य समाचारहरु