पाल्पा, मसिर ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र मागेपछि पाल्पाका सरकारी तथा निजी विद्यालयमा कार्यरत शिक्षकहरुले धमाधम राजीनामा दिएका छन् । प्रमाणपत्र छानबिन गर्दा नक्कली भेटिए जागिरसहित सुविधा समेत खोसिने भएपछि उनीहरुले सुरक्षित हुन राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुले विद्यालय टाढा परेको, समयमा सरुवा नपाएको, वैकल्पिक रोजगारी मिलेको जस्ता कारण देखाएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ ।
पछिल्लो एक महिनामा मात्र ४१ जना शिक्षकको राजीनामा जिल्ला शिक्षा कार्यालयबाट स्वीकृत भइसकेको छ ।
पाल्पामा २ हजार १ सय ६४ स्थायी, ५ सय ९७ दरबन्दी तथा राहत, १ हजार ३ सय ३० जना निजी स्रोतमा गरी ४ हजार ९१ जना शिक्षकहरु कार्यरत छन् ।
IMAGEKHABAR