– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ३ मसिर । अर्घाखाँची जिल्लालाई आउदो मंसिर १३ गते भब्य कार्यक्रमबाबिच खुल्ला दिसामुक्त तथा पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिने भएको छ । आज बसेको जिल्ला स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकले १३ गते घोषणा गर्ने निर्णय गरेको हो ।
लुम्बिनी अंचलको पहिलो, नेपालकै खुल्ला दिसामुक्तमा १६ औ र पुर्ण खोपयुक्तमा चौथौऔ जिल्ला घोषणा हुन लागेको सरसफाईको क्षेत्रमा काम गरिरहेको सस्था प्रकाश सचेतन समुह प्रागका सचिब प्रेमनारायण गैरेले बताए । तर यसरि खुल्ला दिसामुक्त र पुर्णखोपयुक्त घोषणा एकै पटक गर्ने जिल्ला पहिलो भएको गैरेको भनाई छ ।
आउदो मंसिर १३ गते सन्धिखर्कमा गरिने कार्यक्रमका बिच संघिय मामिला तथा स्थानीय बिकास मन्त्रि प्रकाशमान सिंहले जिल्लालाइ खुल्ला दिसामुक्त तथा पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने जिल्ला बिकास समिति अर्घाखाँचीका कार्यक्रम अधिकृत हरिस्चन्द्र भुसालले बताए ।