दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनमा आउने अतिविशिष्ट पाहुनालाई विविध सांस्कृतिक वेशभूषा र झाँकीसहित भव्य स्वागत गरिने भएको छ ।
सार्कमा आउने राष्ट्र प्रमुख तथा सरकार प्रमुखको विशिष्ट स्वागत र सत्कारका लागि आवश्यक सबै तयारी पूरा भएको सम्मेलनको संस्कृतिसम्बन्धी जिम्मेवारी पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सार्क पाहुनालाई झाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम प्रस्तुति, पुरातात्विक एवम् सांस्कृतिक महत्वका स्थलको मर्मतसम्भार र सरसफाइ तथा पाहुनाका लागि विविध संस्कृति झल्कने गतिविधि समेटिएको स्मारिका तयार गर्ने जिम्मेवारी पाएको छ।
सार्कका विशिष्ट पाहुनाको स्वागत सत्कार तथा उनीहरूले भ्रमण गर्ने महत्वपूर्ण पुरातात्विक एवम् सांस्कृतिक स्थलको आवश्यक सबै तयारी पूरा भएको जानकारी मन्त्रालयका तर्फबाट सार्क शिखर सम्मेलनका लागि गठित द्रुत कार्य समूह (