काठमाडौं, मंसिर ६ । यही मंसिर १० र ११ गते हुने १८औं सार्क शिखर सम्मेलनको तयारी बैठकहरु आजदेखि काठमाडौंमा हुँदैछन् । आज हुने सहसचिवस्तरको प्रोग्रामिङ कमिटीको बैठकसँगै सम्मेलनले गति लिनेछ ।
तर, सार्कको लागि भौतिक तयारी भने अझै जारी नै छ । सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखका साथै अन्य प्रतिनिधिहरु भित्रिने त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलदेखि बानेश्वर चोकसम्म ठाउँठाउँमा सार्क राष्ट्रहरुका झन्डाहरु राखिएका छन् भने सिंहदरबारदेखि भद्रकालीसम्मको सडकपेटीमा देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा झल्काउने तस्वीरहरु राखिएका छन् ।
यद्यपि, त्यही सिंहदरबार अगाडिको सडकपेटीको मर्मत