अफ्रिकीमुलुक माडागास्करमा प्लेगको माहामारीबाट ४० जनाको मृत्यु

अफ्रिकीमुलुक माडागास्करमा प्लेगको माहामारीबाट ४० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ८० भन्दा बढी प्लेग संक्रमित भेटिएको जनाएको छ ।
राजधानी अन्तानानारिभोमा बढी जनघनत्व  र कमजोर स्वास्थ्य सुविधाका कारण प्लेगको संक्रमण तीव्र गतिमा फैलन सक्ने डब्लुएचओको चेतावनी छ । संक्रमण नियन्त्रणका लागि टास्क फोर्सले काम गरिरहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
माडागास्करका कारागारहरुमा बन्दीहरु मुसाले सताइने हुँदा प्लेगको संक्रमण बढ्न मद्दत पुगेको बताइएको छ । (एजेन्सी)