काठमाडौं, मंसिर ८ । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले पार्टी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापासँग सम्बन्धविच्छेद भएको घोषणा गरेका छन् । पार्टी नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै आएका चन्दले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
क्रान्ति अधुरो रहेको भन्दै उनले पुनः क्रान्तिमार्फत् नै अघि बढ्नुपर्ने निष्कर्षसहित पार्टी नेतृत्वसँग सम्बन्धविच्छेद गरेको घोषणा गरेका हुन् । क्रान्ति अघि बढाउने विषयलाई पार्टी नेतृत्वले रोक्ने चालबाजी गरेको चन्दको आरोप छ ।
केही दिनअघि कपिलवस्तुमा आफ्नो समूहको भेला गरेका चन्द नेकपा