प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा नेशनल युनियन अफ जर्नलिस्ट नेपालको शाखा गठन गरिएको छ ।
नेशनल युनियन अफ जर्नलिस्ट नेपालका केन्द्रिय उपाध्यक्ष ताराबहादुर बस्यालको उपस्थितिमा सन्धिखर्कमा आज भएको पत्रकारहरुको भेलाले प्रेम आचार्यको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको हो ।
जसको उपाध्यक्षमा गणेश खनाल, सचिब जीतेन्द्र खत्री, कोषाध्यक्ष सरिता भुसाल , सहसचिब नबिन केसी रहेका छन ।त्यसै गरि सदस्यहरुमा उमेश घिमिरे, जनक थापा, शान्ता खासु, कृष्ण पौडेल, अरुण पोख्रेल रहेका छन ।
भेलाले सुर्य प्रसाद भुसाललाइ बरिष्ठ सल्लाहाकार र रिदय भुसाललाइ सल्लाहाकारमा मनोनित गरेको छ ।