विपि स्मृत भवन सन्धिखर्कमा गरेको पत्रकार सम्मेलन, माघ आठमै संविधान जारी हुनेमा उपप्रधान तथा स्थानीय विकास मन्त्रीको ठोकुवा

अर्जुन भुसाल 
सन्धिखर्क । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकासमान सिंहले माघ आठमै संविधान जारी हुने ठोकुवा गरेका छन् । प्रेस युनियन अर्घाखाँचीले शनिवार विपि स्मृत भवन सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले संवैधानिक राजनीतिक तथा संवाद समितिको गतिरोध अन्त्य गरी माघ आठ मै संविधान जारी गर्ने बताए । उनले छफफल र वार्ता चलिरहेकाकाले संविधान जारी हुँदैन कि भनेर चिन्ता गर्ने अवस्था नरहेको बताए । संघियता शासकिय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा भएको विवाद छिट्टै सुल्झीएर संविधान निर्माणको काम अघि बढ्ने  बताए । अघिल्लो संविधानसभाले सेना समायोज जस्तो महत्वपूर्ण काम सम्पन्न गरेको हो उनले भने, यो संविधानसभाले बाँकी रहेका विवादमा सहमति जुटाउँछ । 
लोकतान्त्रिक संविधान जारी नभए देश ठूलो दुर्घटनामा फस्ने भन्दै समयमै संविधान जारी गर्नुको कुनै विकल्प नभएको बताए । राजनीतिक स्थिरता नभए सम्म देशले निकास पाउँदैन

अन्य समाचारहरु