५०० जनाको सहभागीतामा अर्घाखाँचीलाई खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरियो

अर्घाखाँची खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त  जिल्लाको घोषणा सभामा उपस्थित । तस्बिर: अर्घाखाँचीडट्कम
 


प्रेमनारायण आचार्य / अर्जुन भुसाल 
अर्घाखाँची १३ मसिर । ५०० जनाको सहभागीतामा अर्घाखाँची खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त  जिल्लाको रुपमा घोषणा भएको छ । उपप्रधान तथा  स्थानीय विकास मन्त्री प्रकासमान सिंहले जिल्लालाई खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त जिल्ला घोषणा गरे । घोषणा सभालाई सम्वोधन गर्दै मन्त्री सिंहले स्वास्थ्य क्षेत्रका दुइ ओटा महत्वपूर्ण सुचक एकै पटक पुरा गररे जिल्लाले नमूना योग्य काम गर्न सफल भएको बताए । खुल्ला ठाउँमा दिसा गर्नाले धेरै प्रकारका रोगहरु लाग्ने भन्दै घोषणा भएपनि यसलाई दिगो राख्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग पु-याउनु पर्ने बताए । घोषणा गर्ने काम निकै उपलव्धी मूलक हो उनले भने, यसलाई दिगोपना दिएर अघि बढनुपर्छ । सरसफाईको क्षेत्रमा  जिल्लाले छोटो समयमै ठूलो उपलब्धी हासिल गरेको भन्दै अन्य कार्यमा पनि सफलतला हासिल गर्दै जानुपर्ने बताए । उनले जिल्लाको विकास निर्माणमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 
 


Photo8
 


यसैगरी उपप्रधान सघिंय मामिला तथा स्थानीय विकास मन्त्रि प्रकास मान सिंहले निर्धारित समयमै सविधान जारी हुने बताएका छन । दलहरुको सहमतिमै माघ ८ गते लिखित लोकतान्त्रीक सविधान निर्माण हुने सिंहको भनाइ छ । शान्ति प्रक्रियामा लडाकु समायोजना सम्भव छैन् भन्ने हल्ला चलेपनि अन्तिम समयमा सफलता पुर्वक सम्पन्न भएको स्मरण गराउदै उनले सविधान पनि सोही अनुसार माघ आठमै निर्माण हुने विश्वास व्यक्त गरे । 
सन्धिखर्कमा सनिबार भएको खुल्ला दिसामुक्त तथा पुर्ण खोपयुक्त जिल्ला घोषणा सभामा बोल्दै काग्रेस महामन्त्री समेत रहेका सिंहले गतिरोध अन्त्यका लागी सबैधानिक राजनितीक समितीमा छलफल जारी रहेको भन्दै दलहरु विच छिटै सहमति हुने दावी गरे । सविधान निर्माण पछि प्रधानमन्त्रि,राष्टपति र समामुख सबैमा निर्वाचन हुने बताउदै मन्त्रि सिंहले स्थानीय शाशन ऐन संसोधन गरेपछि सोही अनुसार स्थानीय निकायको निवार्चन हुने बताए । 
एमाओबादी नेता तथा पुर्व मन्त्रि टोप बहादुर रायमाझीले सरकारले आफुहरुलाइ पेलेर ल्याएको प्रस्तावलाई राजनितीक संवाद समितीमा छलफल नै नहुने बताए । नेता रायमाझीले १२ बुदे सहमति गर्ने दलहरु विच फेरी नयाँ सहमति आवश्यक रहेको बताए । अर्घाखाँची निर्बाचन क्षेत्र नम्वर २ का सभासद डाक्टर दुमन सिंह थापाले प्रमुख दलका चार पाँच नेताका कारण सविधान निर्माण प्रक्रिया केही ढिलो भएको बताए । 
अर्घाखाँची जिल्ला लुम्बिनी अंचलको पहिलो , नेपालकै खुल्ला दिसामुक्तमा १७ औ र पुर्ण खोपयुक्तमा चौथौऔ जिल्ला घोषणा भएकोे सरसफाइको क्षेत्रमा काम गरिरहेको सस्था प्रकाश सचेतन समुह प्रागका सचिब प्रेमनारायण गैरेले बताए । तर यसरि खुल्ला दिसामुक्त र पुर्णखोपयुक्त घोषणा एकै पटक गर्ने जिल्ला पहिलो भएको गैरेको भनाइ छ । 
खुल्ला दिसामुक्त तथा पुर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रममा जिल्लाका बिभिन्न स्थानबाट पञ्चेबाजाका साथ स्थानीय झाकीहरु लिएर कार्यक्रममा सहभागी भएका थिए । सन्धिखर्क बजार लगायतका स्थानलाइ शनिबार तुल बयानर र स्वागत गेटले झकिझकाउ पारिएको थियो ।
कार्यक्रमलाइ थप रौनकता प्रदान गर्नका लागि बरिस्ठ लोक गायक कुलेन्द्र बिक, रामचन्द्र चन्द,रितु थापा, जीबन परियार, रामकुमार बिस्ट हास्य कलाकार रबिन नेपाली लगायतका कलाकारहरुले आफ्नो प्रस्तुतीबाट उपस्थित दर्शकलाइ भरपुर मनोरञ्जन प्रदान गरेका थिए । 
केन्द्रीय तथ्यांक विभागको २०११ को तथ्यांक अनुसार अनुसार अर्घाखाँची जिल्लामा ३४.३७ प्रतिशत घरधूरीमा पक्की चर्पीको सुविधा थियो भने कच्ची चर्पीसहित ७०.३७ प्रतिशत थियो । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीको २०६९ असार मसान्तको तथ्यांक अनुसार करिब ५० प्रतिशत घरधुरीमा शौचालयको पहुँच थियो । अहिले जिल्लाका सबै घरधूरीमा सुरक्षित शौचालयको पहुँच पुगेको छ ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सन् २०१४ भित्र अर्घाखाँची जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएकोमा लक्ष्य पुरा गरेको छ ।

अन्य समाचारहरु