नेकपा-माओवादीबाट सम्बन्धबिच्छेद गरी अर्को पार्टी गठन गरेका नेत्रविक्रम चन्द विप्लवद्धारा नयाँ क्रान्ति सुरु भएको घोषणा

चितवन, मंसिर १४ । नेकपा-माओवादीबाट सम्बन्धबिच्छेद गरी अर्को पार्टी गठन गरेका नेत्रविक्रम चन्द विप्लवले आज चितवनमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छन् ।
प्रशिक्षण कार्यक्रममा बोल्दै विप्लवले अबको लडाई मोहन वैद्यविरुद्व नभइ प्रतिक्रान्ति प्रतिको लडाइ गर्न लागिएको बताए । सञ्चारकर्मीलाई समेत प्रबेश निषेध गरी भुमीगत शैलीमा प्रशिक्षण कार्यक्रममा पुगेका विप्लवले आफना मागप्रति सरकार उदासिन भए कडा कदम चाल्ने चेतावनी दिदैं सबै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन समेत दिए ।
कार्यक्रममा पौष १५ गते राजधानीमा मार्चपास गर्ने तयारी रहेको समेत स्रोतले जनाएको छ । कार्यक्रममा पूर्व पोलिटव्युरो सदस्य धमेन्द्र बास्तोला, पूर्व केन्द्रीय सदस्य अनिल शर्मा विरही लगायतका केन्द्रीय स्तरका नेताहरुको सहभागिता रहेको थियो ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्नुको साथै सरकारलाई विप्लवले अन्तिम माग स्वरुप मागपत्र बुझाउने कार्यक्रम समेत रहेको बताईएको छ । IMAGEKHABAR