काठमाडौ, मंसिर १४ – संविधानका अन्तरबस्तुमा रहेका विवाद सुल्झाउन शीर्ष नेताले समय माग गरेको भन्दै संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको बैठक स्थगित गरिएको छ । आइतवार दिउँसो समितिको बैठक बोलाइएको थियो ।
‘शनिबार र आइतबार बिहान भएको प्रमुख दलहरुबीचको छलफल र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भएका छलफलका आधारमा शीर्ष नेताहरुले सहमतिका निम्ति केही दिन समय माग गरेपछि संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले बुधबार गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो’ भट्टराईको सचिवालयबाट जारी प्रेस नोटमा भनिएको छ ।
यसअघि आइतवार बिहान बसेको उच्चस्तरिय राजनीतिक समितिको बैठक भने विना निष्कर्ष टुङ्गिएको थियो ।