प्रेमनारायण आचार्य
ठाडा, अर्घाखाँची १५ मसिर । अर्घाखाँचीको ठाडा गाविसमा हराएको ९ दिन पछि हत्या गरिएको अवस्थामा बालकको शव भेटिएको छ ।
अर्घाखाँचीको ठाडा ५ रजिया गौरा माबिमा कक्षा सातमा अध्यनरत १३ बर्षिय राजन भुसालको शव घर नजिकै म्यालीखोल्सामा हत्या गरी ढुङ्गा र स्याउलाले पुरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक दिपेन्द्र जिसिले बताए ।
घरबाट हराएको लामो समय बितीसक्दा पनि घरमा नर्फके गएको ६ गते बालक हराएको भन्दै ९ गते बालकका बुबाले प्रहरीमा खोजीकालागि निबेदन दिएका थिए । गाउले र बिद्यार्थीको सक्रियतामा शव फेला परको हो ।
घटनाको बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।