एचआइभी संक्रमितको संख्या शून्यमा झार्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता, नेपालमा संक्रमितहरुको संख्या ४० हजार ७ सय २३

काठमाडौं, मंसिर १५ । एचआइभीको संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्‍याऔं भन्ने नाराका साथ सोमबार २७औं विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
एड्स दिवसको अवसरमा राष्ट्रिय एचआइभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारीले सर्वसाधारणलाई पनि एचआइभीको नियमित परीक्षण गर्न सुझाव दिए ।
उनले नेपालमा एचआइभी एड्स महामारीको रुपमा रहेको भन्दै छिट्टै एचआइभी संक्रमितको संख्या शून्यमा झार्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा राष्ट्रिय एचआइभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. दिपेन्द्ररमण सिंहले सन् २०१३ को तथ्यांकअनुसार नेपालमा एचआइभी संक्रमितहरुको संख्या ४० हजार ७ सय २३ रहेको बताए ।
नेपालमा सुईबाट लागूपदार्थ सेवन गर्ने व्यक्तिहरु, यौनकर्मीहरु, वैदेशिक रोजगारमा जाने युवा