अवरुद्ध भएको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य उडानहरु सञ्चालन

काठमाडौं, मंसिर १५ । बिहान केही घन्टा अवरुद्ध भएको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य उडानहरु सञ्चालन हुन थालेको छ । उपत्यकामा बिहान बाक्लो हुस्सु लागेर भिजिबिलिटी कम हुँदा १० बजेसम्म उडानहरु प्रभावित भएको त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोलले जनाएको छ ।
जहाज उडान तथा अवतरणका लागि कम्तीमा पनि एक हजार मिटरको भिजिबिलिटी चाहिनेमा बिहानभर सो स्थिति रहेन ।
कन्ट्रोल कार्यालयका अनुसार बिहान विमानस्थलको भिजिबिलिटी एक सय मिटर मात्र हुँदा उडान हुन नसकेको हो ।
यता, जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि देशको उच्च हिमाली क्षेत्रमा मौसम बदली भइ हिउँसमेत पर्नसक्ने जनाएको छ । IMAGEKHABAR