कर्मचारी युनियन अर्घाखाँचीले सर्बोत्कृष्ट कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने

प्रेमनारायण आचार्य
अर्घाखाँची १६ मसिर । नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले प्रत्येक बर्ष एक जना पत्रकारलाइ पुरस्कृत गर्ने भएको छ । अन्य सरकारी तथा गैरसरकारी सस्थाबाट पत्रकारलाइ पुरस्कृत गर्ने जिल्लामा ब्यबस्था नभएको समयमा कर्मचारी युनियनले एक बर्षमा एक जना पत्रकारलाइ पुरस्कृत गर्ने भएको हो । 
    जिल्लामा कार्यक्षेत्र बनाइ स्थानीय किास, पर्याबरण संरक्षण र ट्रेड युनियन गतिबिधि समेतमा सर्बोत्कृष्ट कलम चलाउने एक जना पत्रकारलाइ सम्मान पत्र, मायाको चिनो र नगद पुरस्कार प्रदान गरि पुरस्कृत गर्ने बैठकले निर्णय गरेको  नेपाल निजामती कर्मचारी युनियनका जि५०० जनाको सहभागीतामा अर्घाखाँचीलाई खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त
जिल्लाको रुपमा घोषणा गरियोल्ला अध्यक्ष प्रकाश भटराइले बताउनु भयो  ।
त्यसै गरि प्रत्येक बर्ष जिल्लाका सामुदायीक बिद्यालयबाट सर्बोत्कृष्ट अंक प्राप्त गरि एस एल सी उत्तृण गर्ने एक जना छात्र र एक जना छात्रालाइ समेत नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिने नेपाल निजामती कर्मचारी युनियनका जिल्ला सचिब शेसकान्त घिमिरेले बताउनु भयो ।  प्रत्येक बर्ष भाद्र १९ गते युनियन दिबसको अबसरमा पुरस्कार प्रदान गरिने युनियनले बताएको छ । 
  यसै बिच नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । बैठकले जिल्ला कार्य समितिको रिक्त रहेको सहसचिबमा तारा प्रसाद पोख्रेल, र सदस्यहरुमा गोबिन्द आचार्य,  कमल प्रसाद पोख्रेल, र गिता भुसाललाइ मनोनीत गरेको नेपाल निजामती कर्मचारी युनियनका जिल्ला कोषाध्यक्ष कृष्ण बर्माले बताउनु भयो । 
   बैठक नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष प्रकाश भटराइको अध्यक्षता र सचिब शेसकान्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । 

जानकारी : ५०० जनाको सहभागीतामा अर्घाखाँचीलाई खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरियो भन्ने शिर्षकको २०७१ म‌सिर १४, आईतावार प्रकासित समाचारमा अन्यार्थ भएकोले सच्चाइएको जानकारी गराइन्छ ।  – अर्घाखाँचीडट्कम्  

अन्य समाचारहरु