लचकता अपनाएर सहमतिको संबिधान बनाउनु पर्ने टोपबहादुर रायमाझीको भनाई

प्रेमनारायण आचार्य



अर्घाखाँची १७ मसिर । एकिकृत नेकपा माओबादीका नेता टोपबहादुर रायमाझीले लचकता अपनाएर सहमतिको संबिधान बनाउनु पर्ने बताउनु भएको छ । उहाले काग्रेस एमाले र एमाओबादीले आफुले बनाउन चाहेको जस्तो संबिधान बन्न नसक्ने बताउदै  लचकता अपानाएर सहमतीको संबिधान बनाउन चाहेमा मात्र माघ ८ भित्र संबिधान निर्माण हुने बताउनु भयो । 



   उहाले संबिधान निर्माण भन्दा पनि संबिधान निर्माण पछि राष्ट्रपति, प्रधानमन्त्री को बन्ने भन्ने नेताहरुको ज्ञयारेन्टी र दलहरुको बिबादले संबिधान निर्माण ओझेलमा परेको बताउनु भयो । 



    अर्घाखाँचीको बिजय उच्च माबि डिभर्नामा अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानले आयोना गरेको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा मन्तब्य राख्दै नेता रायमाझिले काग्रेस र एमालेले संबिधानमा भन्दा सरकारमा बढि ध्यान दिएकोले संबिधान निर्माण ओझेलमा परेको बताउनु भयो । अहिले संघियाता, शासकीय स्वरुप , न्याय प्रणली, र राजयपुनर्संरचनामा बिबाद रहेको बताउदै दलहरु इमान्दारीता पुर्बक अघि बढेमा मात्र माघ ८ मा संबिधान निर्माण हुने बताएका छन । 



अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानका परिकल्पनाकार राजु खड्काले  जिल्लाका सम्पुर्ण बिद्यालयमा शैक्षिक सामाग्री प्रदान गरी प्राबिधिक र कम्प्युटर शिक्षा प्रदान गर्नका लागि अभियान सञ्चालन गरेको बताउनु भयो । 



  आज बिजय उच्चमाबीलाइ आधुनिक शिक्षा अभियानले १० थान कम्प्युटर प्रदान गरेको छ । कार्यक्रममा जिल्ला शिक्षा समितिका सदस्य चन्द्रबहादुर खड्का, बिजय उच्च माबीका प्राचार्य बाबुराम आचार्य, प्रतीभाशाली सस्थाका अध्यक्ष तथा युबा नेता लक्ष्मण आचार्य, नेपाली काग्रेस डिभर्नाका भेसराज आचार्य, एमाले डिभर्नाका सचिब मधुकुमार श्रेष्ठ, एमाओबादीका जिल्ला सचिबालय सदस्य पदम क्षेत्री, नेकपा माओबादीका खिमबहादुर घर्ती,समाजसेबी नारायण खनाल, बाबुराम भुसाल, पत्रकार महासंघका उपाध्यक्ष हिमबहादुर जिसि लेकाली, सस्थाका महासचिब सुदन खड्का लगायतले मन्तब्य राखेका थिए । 



कार्यक्रम सस्थाका अध्यक्ष युबराज खत्रीको अध्यक्षता, हरिप्रसाद नेपालीको सञ्चालन र दिपक खनालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु