काठमाडौं – समय-समयमा विवादित हुँदै आएका नेकपा एमालेका सभासद दुमन थापाले व्यवसायका लागि लिएको ऋण तिर्न ढिलाइ गरेको भन्दै जनता बैंकले कालोसूचीमा राख्न सूचना जारी गरेको छ ।
जनता बैंकको काठमाडौं स्थित बानेश्वर शाखाबाट लिएको कर्जा भुक्तानी नगरेपछि उनको नाममा ३५ दिने सूचना समेत निकालिएको छ ।
बैंकले तोकेको अवधिमा ऋण नतिरे थापाको सभासद पद खारेजीमा पर्ने संवैधानिक व्यवस्था छ ।
बैंकले सोमबार सूचना जारी गरी पटक-पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि बैंकलाई बुझाउनुपर्ने रकम तिर्न बेवास्ता गरेको भन्दै उक्त सूचना जारी गरेको हो ।
जनता बैंकको काठमाडौं स्थित बानेश्वर शाखाबाट हायर पर्चेज कर्जा शीर्षकमा उनले कर्जा लिएको बैंकद्वारा जारी सुचनामा उल्लेख गरिएको छ । थापाले हाइल्यान्ड माइनिङ प्रालिको नामबाट रकम लिएको र त्यसको साँवा, ब्याज नतिरेको त्यसमा उल्लेख छ ।
बैंकका अनुसार सुचना जारी भएको ३५ दिन भित्र कर्जा चुक्ता नगरे बैंक तथा वित्तिय संस्थाको ऋण असुली सम्बन्धी नियम २०५८ अनुसार कार्वाही गरिने छ ।
थापा मेघा बैंकका निर्देशक समेत रहेका छन् । अर्घाखाँची-२ बाट निर्वाचित थापा पछिल्लो पटक निर्वाचन क्षेत्रमा समेत जान छाडेका छन् । उनी पछील्लो पटक सन्धिखर्कमा आयोजना गरिएको अर्घाखाँचीलाई खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणासभा कार्यक्रममा उपस्थित भएका थिए । अर्घाखाँचीडट्कमले उनलाई संपर्क गर्न कोशीस गरेता पनि फोनमा संपर्क हुन सकेन ।
तस्बिर: रातोपाटी
सभाषद दुमन थापाले बजेट हिनामिना गरेको उपभोक्ताको आरोप, अवधी सकियो योजना शुरु नै भएन:
http://www.arghakhanchi.com/index.php?action=news&id=PUlUTTBrak0=