नेपालमा भ्रष्टाचार बढ्यो,२९ अंकका साथ एक सय २६औं स्थानमा

नेपालमा भ्रष्टाचार बढेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणात्मक सूचकांक (सीपीआइ)का अनुसार नेपाल २९ अंकका साथ एक सय २६औं स्थानमा पुगेको छ ।
गतवर्ष नेपाल ३१ अंकका साथ एक सय १६औं स्थानमा थियो । सीपीआइले विश्वभर व्यवसायिक गोपनीयता र गैरकानुनी सम्पत्ति शुद्धिकरणको स्थितिले अर्थतन्त्रलाई भ्रष्टाचारविरुद्ध लड्न झनै गाह्रो भएको देखाएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारलाई शून्यमा झार्ने प्रतिबद्धता जनाए पनि भ्रष्टाचारको रुप भने बढेको छ । उनले तल्लो तह र तप्काकालाईभन्दा माथिल्लो तह र तप्कालाई