नेपाल राष्ट्र बैंकद्धारा नेपाल फाइनान्सलाई समस्याग्रस्त घोषणा

काठमाडौं, मंसिर १९ । वित्तीय अनुशासन पालना नगरेपछि नेपाल फाइनान्स पनि नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ । बैंकले फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको छ । वित्तीय अनुशासन पालना नगरेको अवस्थामा संस्था बन्द नगरी राष्ट्र बैंकले गर्ने सबै भन्दा ठूलो कारबाही समस्याग्रस्त घोषणा गरिनु हो ।
नेपाल फाइनान्सले पनि वित्तीय अनुशासन पालना नगरेको भन्दै केन्द्रीय बैंकले कारबाही गरेको हो । फाइनान्सलाई कारबाही गरी सर्वसाधारणको थप रकम दुरुपयोग हुन नदिन यस्तो निर्णय गरिएको राष्ट्र बैंकका प्रवक्ता मनमोहन श्रेष्ठले हामीसँग बताए ।
समस्याग्रस्त घोषणा गर्नुपूर्व केन्द्रीय बैंकले फाइनान्सलाई स्पष्टिकरण पनि सोधेको थियो । समस्याग्रस्त घोषणा भएपछि संस्थाले निक्षेप संकलन गर्न पाउने छैन भने थप कर्जा तथा जमानत प्रदान गर्न पनि पाउने छैन ।
फाइनान्सले दुई लाख रुपैयाँभन्दा बढी निक्षेप फिर्ता गर्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने, स्थीर सम्पत्ति खरिद