काठमाडौं, मंसिर १८ । कानुनविद्हरुले संवैधानिक अदालत राख्न नहुनेमा जोड दिएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनले विहीबार राजधानीमा गरेको कार्यक्रममा कानुनविद्हरुले जतिसुकै विवाद नहुने भने पनि सर्वोच्च अदालत र संवैधानिक अदालतबीच विवाद हुने जिकिर गरे ।
संवैधानिक अदालत नराखी सहमति नै नहुने अवस्था रहे बरु सर्वोच्चमै संवैधानिक बेन्च राख्न सकिने उनीहरुको धारणा थियो ।
यसअघि देशभरका न्यायाधीशहरुको सम्मेलनले संवैधानिक अदालत नराख्न आग्रह गरिसकेको भन्दै कानुनविद्हरुले राजनीतिक दलहरुले त्यसतर्पm पनि ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सर्वोच्च अदालका न्यायाधीश गिरिशचन्द्र लाल, नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की, सभासद राधेश्याम अधिकारी, लक्ष्मणलाल कर्णलगायतले धारणा राखेका थिए । IMAGEKHABAR