– विजुला रायमाझी
सन्धिर्खक अर्घाखाँची
मनोरञ्जनकी साधन र प्रजननकी मेशिन होइन तिमी
न त चरणकी दासी,भोककी प्यासी नै बन्न हुन्छ तिमी ।
समाजका हुने खाने र शोषकका प्यास मेटाएर होइन तिमी
आफ्नै रुप र रंगको प्रशंशामा दंग परेर होइन तिमी ।
समाजका सुन्दर गहना बन्न सक्नु पर्छ तिमी
आफु भित्रको उर्जा समाज रुपान्तरणमा लगाउन सक्नुपर्छ तिमी ।
खेलौना बन्ने होइन नयाँ नेपाल निर्माणमा अघि सर्नुपर्छ तिमी
भावी सन्ततिको निम्ति मार्गदर्शक बन्न सिक तिमी ।
बाहिरी रुपको होइन भित्री ज्ञान र सीपको कदर गर्न सिक तिमी
हिंसामुक्त समाज निर्माण गर्न अथक योद्धा बन तिमी ।
अन्धविश्वास,कुरीति र कुसंस्कारलाई हटाउँ अब सबै मिली
हुरी बतास मात्र होइन,सुनामी बनेर आऊ तिमी ।