भारत प्रशासित जम्मु-कश्मीरमा सेना र चरमपन्थी आक्रमणकारीबीचको संघर्षमा २० जना मारिएका छन् । उरी सेक्टरस्थित सेनाको क्याम्पमा भएको आक्रमणमा ६ सुरक्षाकर्मीको समेत मृत्यु भएको छ ।
सुरक्षाकर्मी र चरमपन्थीबीचको मुठभेडमा अरु दुई चरमपन्थी मारिएको भारतीय सेनाले पुष्टि गरेको छ ।
यस्तै, स्थानीय शोपियाँ, अवन्तिपुरा र त्राल क्षेत्रमा गरिएको ग्रीनेट आक्रमणमा एकजना मारिएका छन् भने सात जना घाइते भएका छन् । दक्षिणी कश्मीरको शोपियाँ सहरको प्रहरीचौकीमा पनि आक्रमण भएको छ ।
आगामी डिसेम्बर ९ मा उरी सेक्टरमा जम्मु-कश्मीर विधानसभाका लागि तेस्रो चरणको मतदान हुंदैछ । AGENCIES