नेकपा-माओवादीले संविधानसभा विघटन गर्न माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझायो

नेकपा-माओवादीको जनसमिति नेपालले संविधानसभा विघटन गर्न माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई  ज्ञापनपत्र बुझाएको छ।
 
मुलपार्टीकको नेतृत्वमा सबै जनवर्गीय संगठन लगायत अन्य मोर्चाहरुको संयुक्त जनसमितिले आइतबार बुझाएको ११बुँदे ज्ञापनपत्रमा सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा आयोजना गर्न समेत माग गरिएको छ। दोस्रो संविधानसभाबाट उत्पीडित जातिहरुको पहिचानसहितको संघीय गणतान्त्रिक संविधान बन्ने संभावना नदेखिएको भन्दै उनिहरुले राष्ट्रिय राजनीतिक सभाको माग गरेका हुन्।
 
समितिले बुझाएको ज्ञापनपत्रमा जनयुद्धकालका मुद्दा खारेज गर्न,दोस्रो संविधानसभा निर्वाचनको बहिस्कारको क्रममा पक्राउ परेकालाई रिहा गर्न,वेपत्ता पारिएका नागरिकके खोजी गरी सार्वजनिक गर्न,माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत परियोजना सम्बन्धी सम्झौता खारेज गर्न, नेपाल-भारतबीचका असमान सन्धिसम्झौता खारेज गर्न माग  गरिएको छ।
 
आफ्ना माग पुरा नभए अान्दोलनमा उत्रिने चेतावनी समेत समितिले दिएको छ। SETOPATI