अर्जुन भुसाल
खनदह, अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीका सवारी चालक हिम बहादुर खनालको मोटरसाईकल दुर्घटनामा निधन भएको छ । खन निवासी ३५ वर्षिय खनालको खनदह वडा नं. ८ मा दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर युवराज तिमिल्सिनाले जानकारी दिए । उनी अदालती कामको सिलसिलमा खदहद जाँदै गर्दा दुर्घटनामा परेको अदालत श्रोतले बताएको छ ।
वा २ प १९६१ नं. को मोटरसाइकलमा सवार उनी मोटरसाइकल रोक्ने अवस्थामा दुर्घटनामा परेका हुन । मोटरसाइकल सडकमै रहेपनि उनी सडकबाट करिव डेढसय मिटर तल खसेका थिए । दुर्घटनामा परि गम्भीर घाइते भएका उनलाई उपचारको लागि भरतपुर मेडिकल कलेज चितवन लैजाँदै गर्दा गयराती बाटोमै निधन भएको थियो ।