सुर्खेत, मंसिर २२ । सुर्खेतको पोखरीकाँडा गाविसको वडा नम्बर ९ अमलिसे भीरमा बस पल्टिँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । कालीकोटबाट कैलालीको टीकापुरका लागि छुटेको ना४ख ६८५७ नम्बरको बस आइतबार साँझ साढे ६ बजे भीरबाट खसेको थियो ।
१४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ४ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । मृतकमध्ये ५ जनाको सनाखत भएको छ भने १३ जनाको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक छिन्चु सुर्खेतका मिनबहादुर आली, सोही ठाउँका सहचालक भवी खत्री, बाजुरा गोत्रिका मनराज विष्ट, पर्खे सार्की र उमे सार्की रहेका छन् ।
दुर्घटनामा घाइते भएका ४९ घाइतेमध्ये ९ जनाको अबस्था गम्भीर छ । घाइतेहरुको क्षेत्रीय अस्पताल सुर्खेत र माया नर्सिङ होममा उपचार भइरहेको छ । IMAGEKHABAR