काठमाडौंमा पहिलो पटक लिगिनायर्स डिजिज देखियो

काठमाडौं, मंसिर २२ – राजधानी काठमाडौंको केहि ठाउँबाट एक महिना यता लिगिनायर्स डिजिजका प्रयोगशाला प्रमाणित दुई जना विरामी फेला परेको छ । उक्त दुवै जना केहि महिना देखी काठमाडौं वाहिर गएका थिएनन् ।
‘मुलुकमा यो रोग पहिलो पटक दुई जनामा देखिएको हो, तर अनौपचारिक रुपमा यो संख्या धेरै बढी हुन सक्छ’, स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण विभाग निर्देशक डा.बाबुराम मरासिनि भन्छन-‘यो रोगवाट बृद्घ, रोग प्रतिरोधक क्षमता कमजोर भएका, फोक्सोको दिर्घकालिन रोग भएका, चुरोट सेवन गर्नेहरु र अंग प्रत्यारोपण पछि औषधि सेवन गरिरहेकाहरु बढी प्रभावित हुन सक्छन ।’ डा.मरासिनिका अनुसार उक्त रोगवाट पिडितहरुको भ्रमण इतिहास छैन ।
विज्ञहरुको अनुसार राजधानीमा लिगिनायर्स डिजिज विरुद्घ कडा पाइला नचालिए यसको प्रकोप देखिन सक्ने उच्च सम्भावना छ । यो रोग हाल पोर्चुगलमा प्रकोप कै रुपमा देखिएको छ ।
अमेरिका स्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पि्रभेन्सन-सिडिसि)को तथ्य पत्र अनुसार यो रोग ‘लेगियोनेला’ व्याक्टेरिया ले गर्दा हुन्छ । यो व्याक्टेरिया प्राकृतिक रुप मै वातावरण मा हुन्छ भने मुख्य रुपले पानीमा पाइन्छ । यस्तै यो व्याक्टेरिया तातो पानी जस्तै तातो टव, तातो पानीको टयाङ्क, लामो पानीको पाइपलाइन प्रणाली, सजावटी पानीको फोहरा आदिमा  पाइन्छ । यो व्याक्टेरिया वाटर सिस्टमको तापक्रम २० देखी ५० डिगि्र सेल्सियस सम्म मा वाच्ने र हुर्कने गरेको छ ।
रोगवाट वच्न एयर कन्डीसनरको फिल्टर समय समयमा सफा गरेर किटानुमुक्त राख्ने, पानीको स्रोतहरु सफा राख्नु, पानीको फोहराहरुमा किटानुमुक्त पानीको व्यवस्था नभए सम्म बन्द राख्न इपिडिमियोलजीले सवै संग अनुरोेध गरेको छ ।
‘यो रोग ‘लेगियोनेला’ व्याक्टेरिया संक्रमित पानीको स-सानो थोपा वा वाफ लाई स्वास प्रस्वासको माध्यमले फोक्सोमा लिए पछि सर्छ’, डा.मरासिनि भन्छन-‘यो व्याक्टेरिया एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्देन ।’
डा.मरासिनिका अनुसार पानीको फोहरा, एयर कन्डिसनर, स्पा, नुहाउदा प्रयोग हुने सावर, पौडी पोखरी लगायत अन्य पानिको स्रोतवाट समेत यो रोगको व्याक्टेरिया शरिरमा प्रवेश गर्न सक्छ । उपयुक्त रुपमा सफा र संक्रमण मुक्त नगरिएको तातो पानीको भाडो वाट आउने वाफ ले समेत यो रोग सर्ने गर्छ ।
सिडिसिको अनुसार यो रोगको व्याक्टेरिया फोक्सोमा प्रवेश गरेको २ देखी १४ दिनको अवधिमा व्यक्ति विशेषमा रोगको लक्षण देखा पर्छ ।
विश्व स्वास्थ्य संगठनको अनुसार हालै देखिएको केहि प्रकोप हरुमा भने व्याक्टेरिया फोक्सोमा प्रवेश गरेको प्रवेश गरेको १६ दिन पछि समेत यो रोगको लक्षण देखिएको छ । यस्तै यो रोग प्रभावित ७५ देखी ८० प्रतिशत ५० वर्ष माथिका देखिएका छन भने ६० देखी ७० प्रतिसत रोग प्रभावित पुरुष देखिएका छन ।
यो रोगका विरामी मध्ये धेरै जसोलाई सामान्य रुघा खोकी हुने गरेको छ भने अन्यलाई उच्च ज्वरो, खोकी, सास फेर्न गार्हो हुने, मांसपेशी र टाउको दुखाई, पखाला, अचेत हुने लगायतका लक्षण देखिन्छ ।
सिडिसिको अनुसार यो रोगको लक्षण विभिन्न प्रकारको निमोनिया जस्तो हुने भएकोले सजिलै पहिचान गर्न धेरै गार्हो हुने गरेको छ ।  यस्तै यसको एन्टिवायोटिक औषधि ले उपचार गरिन्छ । स्वस्थ व्यक्ति उपचार पछि यो रोगवाट सजिलै निको भए पनि धेरै जसो अस्पतालमा वस्नु पर्ने हुन्छ । यो रोगको जटिलता अन्तर्गत फोक्सोले काम गर्न छोडनू र ५ देखी ३० प्रतिसत सम्म मृत्यु हुनु सिडिसिको तथ्य पत्रमा उल्लेख छ ।
सिडिसिको अनुसार यो रोग सन १९७६ को फिलेडेल्फ्रिया प्रकोप पछि अस्तित्वमा आएको हो भने अमेरिकामा वर्षेनी ८ देखी १८ हजार व्यक्ति यो रोगले अस्पताल भर्ना हुन्छन ।
छुट्टै आइसियु वार्डमा भर्ना गर्न अस्पताललाई निर्देशन
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले अस्पतालहरुलाई निमोनिया भएका रोगीहरुलाई छुट्टै आइसियुमा राखेर उपचार गर्नु पर्ने निर्देशन दिएको छ । अस्पतालका औजार, उपकरण वाट संक्रमण सर्न सक्ने भएकोले इपिडिमियोलजीले उक्त कुरा जनाएको हो । यस्तै रोगको शंका भएकाहरुको खकार, पिसाव, र रगतको छुट्टै नमुना राखेर इपिडिमियोलजीलाई जानकारी गराउन समेत भनिएको छ ।
EKANTIPUR