अन्तरपार्टि महिला सञ्जाल अर्घाखाँचीद्धारा अन्तरक्रिया कार्यक्रम: महिला अधिकार सुनिश्चितताको लागि एकजुट भएर उठनु पर्ने

शोभाखर पन्थी 
अर्घाखाँची मंसीर २२ । नयाँ संविधानमा महिला अधिकार सुनिश्चितताका लागि महिलाहरु एकजुट भएर उठनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जाड दिएका छन् । 
अन्तरपार्टि महिला सञ्जाल अर्घाखाँचीद्धारा आज सन्धिखर्कमा आयोजित नयाँ बन्ने संविधानमा आमाको नामबाट नागरिकताको सुनिश्चितता विषयक सरोकारवालाहरु वीचको अन्तरक्रिया कार्यक्रमका सहभागी महिलाहरुले मुलुकमा राजनैतिक परिवर्तन भएपनि संस्कार र संस्कृतिमा कुनै परिवर्तन नआएको भन्दै अधिकार प्राप्तीका निम्ति महिलाहरु एकजुट भएर दवाव सिर्जनागर्नुको विकल्प नभएका बताए । 
जनसंख्याको आधा भन्दा बढि संख्यामा रहेका महिलाहरुलाई राज्यले अझै पनि विभेद गरेका महिलाहरुको गुनासो थियो । कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालले नयाँ संविधान महिला मैत्री बनाउनको निम्ती गाउँ गाउँबाट दबाब सिर्जना गर्न महिलाहरुलाई आग्रह गर्नु भयो । संविधान निर्माण गर्ने समयमा चुपलागेर बसे पछि पछुताएर कुनै फाइदा नहुने भन्दै उहाँले नयाँ संविधानमा महिलाका अधिकार सुनिश्चित गर्नको निम्ती आफुहरु अहोरात्र खटिइ रहेको बताउनु भयो । 
अन्तरपार्टि महिला सञ्जालका अध्यक्ष शान्ता भण्डारीको अध्यक्षता र छमकुमारी खनाल चिनारीको संचालनमा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, नेपाली कांग्रेसका जिल्ला सदस्य रामबहादुर वि.क, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोख्रेल, नेपाल महिला संघका अध्यक्ष राधा आचार्य, अनेम संघका जिल्ला अध्यक्ष विष्णु आचार्य ,महिला तथा बालबालिका कार्यालयका प्रतिनिधि बेलकुमारी परियार, अन्तरपार्टि महिला सञ्जालका शुशिला गैरे, पत्रकार महासंघका कोषाध्यक्ष गणेश खनाल, सदस्य राधा नेपाली लगायतका बक्ताहरुले मन्तव्य राख्दै महिला शशक्तिकरणको पक्षमा आवाज उठाएका थिए ।

अन्य समाचारहरु