सागर कुँवर
आज देशमा फेरी एक पटक क्रान्ति, विद्रोह, सैन्य तालिम …… आदि कुराहरु चर्को रुपमा उठाइएका छन् । त्यस सिलसिलामा नेकपा-मओवादीमा विभाजन आएर नया नेकपा माओवादी बनेको छ । र शुरु भएको छ क्रान्तिको बहस । तर भद्दा प्रकारले, उत्तेजित तरिकाले, महत्वकांक्षी हिसाबले । त्यस प्रकरको अवस्थामा यो सामान्य आलेख तयार पार्ने जमर्को गरिएको हो । संविधानसभालाई पुरै खतम नै भएको निश्कर्ष सहित तत्कालिक उपलब्धीहरुलाई संस्थागत गर्नु पर्ने एतिहासिक आवश्यकतालाई अस्वीकार गर्ने उग्र वामपन्थी विचारले ग्रसित समूहहरु जबरजस्त अगाडि बढ्न खोजेको अवस्था छ । यसले देशलाई हानी गर्ने सम्भावाना बढेर गएको छ ।
वर्तमान अवस्थामा रणनैतिक र सैद्धान्तिक हिसाबले शशस्त्र संघर्षमा जोड दिने नीतिलाई गलत भन्न मिल्दैन् । अब प्रश्न यतीमात्र हो कि तत्कालिक अवस्थामा शशस्त्र संघर्ष सम्भव छ वा छैन् ? अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिलाई हेर्दा र कम्युनिष्ट आन्दोलनको रक्षात्मक अवस्थामा माथि विचार गर्दा तत्काल शशस्त्र संघर्षको थालनी उग्रवामपन्थी गल्ति हुने कुरालाई अस्वीकार गर्न सकिन्न् । जहाँसम्म सैदान्तिक तथा रणनैतिक उदेश्यका साथ शशस्त्र क्रान्तिको अनिवार्यतालाई स्वीकार गरेर त्यसको पक्षमा व्यापक संगठन निर्माण गर्नु गलत होइन् । अन्ततः क्रान्ति भएर नै छाड्नेछ । वर्तमान पुँजिवादी व्यवस्था जहिलेसम्म शशस्त्र रहन्छ, सर्वाहारा वर्गको राज्यसत्ता स्थापनाको लागि पनि शशस्त्र क्रान्तिकारी कम्युनिष्ट पार्टी चाहिन्छ । क्रान्तिको लागि माक्र्सवाद, लेनिनवाद र माओविचारधारालाई पथप्रदशक सिद्धान्त मान्ने सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी, पार्टी मातहतमा जनसेना, वामपन्थी, प्रगतिशिल, देशभक्त तथा जनतान्त्रीक शक्तिहरुको संयुक्त मोर्चा अनिवार्य शर्त हुन तर ती नाम मात्रका भएर पनि हुँदैन्, मजवुत, सिद्धान्त र विचारलाई व्यवहारमा लैजान सक्ने क्रान्तिकारी हुनुपर्दछ । क्रान्ति सफल हुनेछ । त्यो दिशामा क्रान्तिकारी कम्युनिष्टहरु अगाडि बढ्नु अनिवार्य छ ।
दाउरा, आगो, पानी , भाँडा, चामल सबै चिजको बन्दोवस्त नगरिकन एकै पटक भात भात भनेर त सम्भव पनि हुँदैन् । यहाँ विचार गर्नु पर्ने कुरा के छ भने कसैले म तपाईलाई भात खुवाउँछु त भन्ला तर त्योसँग भातको लागि आवश्यक पर्ने चिज नै छैन् भने त्यसले खुवान त सक्दैन् । त्यसकारण, क्रान्ति गर्ने भन्ने कुरा पनि कसैले चाहेर हुने होइन्, त्यसको लागि आधार त हुनुप-यो ।
आज विश्व भरि नै क्रान्तिको लागि वस्तुगत आधारहरु त तयार छन्, तर क्रान्तिकारी कम्युनिष्टहरुको आत्मगत पक्ष अत्यन्तै कमजोर छ । यस अवस्थामा नेपालको सन्र्दभमा वुर्जुवा गणतन्त्रलाई भए पनि संस्थागत गर्दै, आफ्नो शक्तिलाई मजवुत बनाउँदै, शक्ति सन्तुलन कायम गरेर नयाँ ढंगबाट नयाँ जनवादी क्रान्तिको लागि संघर्ष गर्नु पर्ने अवस्था छ । त्यसकारण कुनै कम्युनिष्ट पार्टीले संविधानसभालाई स्वीकार गर्दैमा, त्यसबाट आउने परिणामलाई आलोचनात्मक रुपमा समर्थन गर्दैमा, त्यो सबै सकियो भन्ने विश्लेषण गर्नु मनोगतवादी अवस्तुवादी विश्लेषण हो । वैचारिक विचलनको पराकारष्ठा हो । यो वाम अतिवाद पनि हो ।
आज कम्युनिष्ट पार्टीका तल्ला समितिहरुमा देखिएको समस्या यो पनि हो कि त्यहाँ कुनै नियमित प्रकारको वैठक बस्न सक्दैन्, समयमा पार्टीको काम हुँदैन् । पार्टी केन्द्रले निर्णय गरेर पठाएका सर्कुलहरु कार्यान्यवन हुन सकेको अवस्था पनि छैन् ।
कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु पार्टीको काममा भन्दा बढी एन.जि.ओ. आई. एन. जि.ओ.को काममा बढी व्यस्त देखिन्छ । गाँउमा जनताका समस्यालाई उठान गर्ने, जनताकोमा जाने, जनतालाई प्रशिक्षण गर्ने, उनीहरुलाई संगठनमा सामेल गराउने काम पुरै सेलाएको छ । स्वयम एउटा वैठकमा आउन नसक्ने, पार्टीको काम भन्दा गैरसरकारी संस्थाहरुको काममा ध्यान दिनाले आज कम्युनिष्ट पार्टीमा संगठनलाई मजवुत बनाउने कुरा र पार्टीको राजनीतिक लाइनलाई जनतामा लैजाने कुरा शिथिल भएको छ । यस दिशातर्फ ध्यान नदिइकन केवल अहिलेको अवस्थामा मुखले मात्र क्रान्तिको नारा जप्नु कुनै छलाङ्गको विषय होइन् । हामी परिवर्तनकारी हौं, हामी कम्युनिष्ट पार्टीमा लागेको मान्छे हौं भनेर मात्र त संगठन निर्माण त हुँदैन्, यसले क्रान्तिको आधार पनि तयार पार्दैन् । वास्तवमा आज पार्टीको कामप्रतिको उदासिनताको कारण कम्युनिष्ट पार्टी कमजोर बन्दै गएको छ । त्यसमा मुख्य गरेर नेता कार्यकर्तामा रहेको निम्न पुजिवादी चिन्तनले काम गरेको छ । निम्नपुँजिवादी चिन्तनले काम गर्नुमा कम्युनिष्ट पार्टीको जग नेपाली समाजमा मध्यम वर्गमा रहेको छ । यसरी ढुलमुले वर्गमा जग भएको अवस्थामा स्वयम क्रान्तिको मसाल बाल्न सजिलो छैन् । स्वयम सर्वाहाराकरणको भाषण गर्ने, त्यसको पक्षमा प्रशिक्षण चलाउने प्रशिक्षकहरु सर्वाहाराकरण भएको पाइदैन् । त्यतीमात्र होइन्, आफूलाई व्यक्तिगत सम्पति जोड्नमा पनि उनीहरु लगिरहेको छन् । यो अवस्थामा सुधार मात्र होइन, व्यापक परिवर्तन नगरिकन क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण जटिल विषय बनेको छ ।
कम्युनिष्टहरुले युद्ध (क्रान्ति) को लागि आधार इलाकाहरुको निर्माण गर्नुपर्दछ भन्दछन र त्यसमा विश्वास गर्दछन् । त्यो सत्य पनि हो । आधार इलाकाहरु कसैले भन्दैमा निर्माण हुन पनि सक्दैनन् । ती संघर्षको बिचबाट निर्माण हुने गर्दछन् । कसैलाई मन परेको ठाउँमा आधार इलाका निर्माण गर्दछु भनेर हुने त होइन्, त्यसको लागि त्यो ठाँउको वस्तुगत आधार पनि हुनुपर्दछ । जनताको चेतना स्तर उठाउनको लागि, चेतनास्तर उठेका जनताको बिचबाट कम्युनिष्ट क्याडर उत्पादन गर्नको लागि सबैभन्दा पहिला त त्यसप्रकारको अवस्थाको बारेमा अनुसन्धान हुनुपर्दछ । जनताको बिचमा जानु पर्दछ । फेरी पहिला आधार इलाका बनाएर मात्र क्रान्तिको झण्डा बोकमला भन्ने पनि होइन, यी सबै संघर्षको दौरानमा सृजित हुने सवालहरु हुन् । आज पार्टीको आाधार भएका ठाँउहरु अफ्ठ्यारो अवस्थामा ती हाम्रा आधारहरु नहुन पनि सक्छन् । राजनीतिमा सधै भरि स्थायीत्व नहुन पनि सक्छ । त्यसकारण आधार इलाका भन्ने कुराहरु स्वतस्फूर्त रुपमा होइन्, संघर्षको मैदानबाट नै स्थापीत हुन्छ । त्यसको लागि कम्युनिष्ट पार्टीले ठोस रुपमा कार्यक्रम र कार्ययोजना निर्माण गरेर अगाडि बढ्नु पर्दछ जहाँबाट नयाँ सत्ताको सञ्चालन समेत गर्न सकियोस । यो पनि मुखले भनेर मात्र होइन्, वस्तुगत तथ्य माथी आधारित हुनुपर्दछ । त्यो दिशातर्फ कम्युनिष्ट पार्टीको ध्यान जानुपर्दछ ।
वर्तमान राज्यसत्ता दलाल पुजिँपती वर्गको हातमा रहेको छ । यसलाई सर्वाहारा वर्गले हस्तक्षेपकारी क्रान्तिकारी आन्दोलनबाट खोसेर आफ्नो हातमा लिनुपर्दछ । त्यसरी सर्वाहारा वर्गले राज्यसत्ता खोसेर लिए पछि राज्य सत्ताको चरित्रमा परिवर्तन आउनेछ र समानताको दियो बल्ने छ । यो अनिवार्य छ । यसलाई कसैले रोकेर रोकिन पनि सक्दैन् । प्रश्न यति मात्र हो कि सर्वाहारा वर्गको नेता कम्युनिष्ट पार्टीले त्यसप्रकारको कार्यक्रम ठोस परिस्थितिको ठोस विश्लेषणको आधारमा गर्दछ वा गर्दैन् ? नेपालको अवस्था माथी ध्यान दिने हो तत्कालिक नेकपा माओवादीले उठाएको हतियार विचारले गाइडेड हुन सकेन् र त्यो परिस्थितिको उपज पनि थिएन् । त्यसको परिणाम आज यो भयो कि तमाम माओवादी कार्यकर्तामा निराशा र कुण्ठाको भावना पैदा भयो र माओवादी समूह विघटनतर्फ गैरहेको छ । त्यसका साथसाथै क्रान्तिकारी शक्तिहरु माथी हिजोको दिनमा भन्दा तुलनात्मक हिसाबले झन संकटहरु पैदा भएका छन् । आजको विश्व भुमण्डलीकरणको जमाना, त्यसमाथी पुजिवादले एकाधिकार जमाइरहेको विश्व वजार र क्रान्तिकारी कम्युनिष्टहरुको रक्षात्मक अवस्थालाई हेर्दा आज विश्मा क्रान्ति मसाल तत्काल बल्ने सम्भावाना छैन् । यसको अर्थ यो होइन् कि क्रान्ति सम्भव छैन् । यहाँ हेक्का रहोस कि क्रान्ति एक महान उथपुथलकारी संघर्ष हो, यो अनिवार्य हुन्छ, र संसार परिवर्तन हुन्छ । त्यसको लागि कम्युनिष्ट पार्टीहरुले रचनात्मक प्रकारले आफ्ना योजना तथा कार्यक्रमको निर्धारण गर्नुपर्दछ । आवेश र भावानामा आएर एक दिन मर्नु नै पर्छ क्यारे भन्ने आशयबाट मात्र हतार गरियो भने त्यसले क्रान्तिलाई वर्षौवर्ष पछाडि धकेल्ने सम्भावानालाई अस्वीकार गर्न सकिन्न् । त्यसकारण , हतार आवेगमा र जोशमा मात्र होइन, दिर्घकालिन सोच, विचार सिद्धान्त माथी आधारित भएर होसमा यसको योजना बनाउनस पर्दछ र अगाडि बढ्नसपर्दछ । क्रान्ति कुनै विरले गर्ने भन्