तेह्रथुम, मंसिर २४ । तेह्रथुममा बहुविवाह गर्ने एक दम्पतीलाई प्रहरीले बिहेबाटै पक्राउ गरी मुद्दा दर्ता गरेको छ । सदरमुकाम म्याङलुङ नगरपालिका वडा नं. ८ चैते बस्ने २८ वर्षीय वीरबहादुर तामाङ र उनकी कान्छी नवदुलही इसिवु गाविसकी २१ वर्षीया मनमाया तामाङलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो ।
उनीहरुलाई दुलही मनमायाको घर इसिवुमा विवाह सकाएर जन्तीसहित घर फर्कनेक्रममा म्याङलुंग बसपार्कबाट पक्राउ गरी बहुविवाहविरुद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
विवाहको काम सकाएर जन्तीसहित बेहुलाको घरमा फर्कंदै गरेका उनीहरुलाई वीरबहादुरकी जेठी श्रीमती सुकमाया तामाङको जाहेरीका आधारमा पक्राउ गरी मुद्दा चलाएको तेह्रथुमका प्रहरी प्रमुख विदुरकुमार गौतमले जानकारी दिए ।
बिहे गरेर विदेश गएका वीरबहादुरलाई आफन्तले जेठी श्रीमती