किमडाँडामा बाघ आक्रमणबाट फेरि एक बालकको मृत्यु , अर्घाखाँचीमा डेढ बर्षमा बाघको आक्रमणबाट ६ जनाको ज्यान गयो

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २७ मसिर । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बाघको आक्रमणबाट एक जना बालकको ज्यान गएको छ । 
 शुक्रबार साझ साढे ६ बजे सन्धिखर्क-१० किमडाँडाको रिपाहामा बाघको आक्रमणबाट तीन वर्षका बालक सुशान्त नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
घरकै आँगनमा चुन्नी खेल्दै  गरेका सुसान्त हराए पछि स्थानीय र प्रहरीले  खोज्दै जाँदा घरभन्दा करिब तीन सय मिटर तल रिपाहाको जंगलमा अन्दाजी बेलुका ८ बजे बाघले खाएको अबस्थामा बालकको शव फेला परेको प्रहरीको भनाइ छ ।  
अर्घाखाँचीकैै ठाडा गाविस वाड न. २  घर भएका नेपाली  किमडाँडामा रहेको मामा घरमा आएको समयमा बाघले आक्रमण गरेको  हो । बच्चा खाएको बाघलाइ मार्ने स्थानीय प्रशासनले प्रतिबद्धता नजनाए सम्म बालकको शब नउठाउने भन्दै स्थानीय बासिनदा आन्दोलित बनेका छन । पटक पटक बाघको आक्रमणबाट बालबच्चाको ज्यान जादा समेत  बाघ मार्न प्रशासन लागि नपरेको भन्दै स्थानीय बासिन्दाले ज्रगलबाट बालकको शब उठाएका छैनन । स्थानीय बासिन्दा एकै स्थानमा जम्मा भएर शब कुरेर बसि रहेको स्थानीय ठाकुर भुसालले बताए । 
अर्घाखाँचीमा बाघको आक्रमणबाट पछिल्लो डेढ बर्षको समयमा ६ जनाको ज्यान गएको छ ।  बाघको आक्रमणबाट किमडाडामा ३ , नुवाकोटमा २, र सन्धिखर्कमा १ गरि ६ जना बालकको ज्यान गएको छ । 

अन्य समाचारहरु