बर्तमान संविधान सभाको कार्य प्रगति संविधानसभा विघटनकै बिन्दू

काठमाडौं, मंसिर २८ ।   संविधान निर्माणमा सहमति नजिक पुगेको दाबी दलहरुले गरिरहेको बेला एउटा अध्ययनले बर्तमान संविधान सभाको कार्य प्रगति संविधानसभा विघटनकै बिन्दू भन्दा अघि नबढेको देखाएको छ ।
अघिल्लो संविधान विघटन हुँदा संविधान मस्यौदाकै चरणमा रहेजस्तै बर्तमान संविधानसभा पनि सोही अवस्थामा रहेको सूचनाको हकका लागि नागरिक अभियान सिसिआरआईले जनाएको हो ।
सीसीआरआइले आज काठमाडौमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनका अनुसार दलहरुबीच सहमति भईहालेको अवस्थामा पनि कार्यतालिका अनुसार जाँदा माघ ८ को समयसिमा बैशाख २ मा पुग्ने देखिएको छ ।
संविधानको मस्यौदा गर्ने, मस्यौदालाई राजपत्रमा प्रकाशन गर्ने, मस्यौदामाथि जनताको राय लिने लगायतका काम अहिले पनि बाँकी रहेका छन् । २०७० माघ ८ देखी अहिलेसम्म संविधानसभाका जम्मा ५० वटा बैठक बसेको पनि प्रतिवेदनमा उल्लेख छ । IMAGEKHABAR