काठमाडौंमा बम बिस्फोटको हल्ला गर्ने पक्राउ

काठमाडौं, मंसिर २८ ।   इस्लामीक आतंकबादी संगठन अलकायदाले काठमाडौंमा विष्फोट गराउने योजना बनाएको सूचना गलत भएको प्रहरीले जनाएको छ ।
प्रहरीले झापाका रोशन भारतीलाई पक्राउ गरेपछि यो खुलासा भएको प्रहरीले जनाएको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी भारतीले नै इमेल मार्पmत अफवाह पैmलाएको बताएको छ ।
भारतीले अर्काको इमेल ह्याक गरी अलकायदाले पशुपतिनाथमा विष्फोट गराउन लागेको अफवाह पैmलाएको पनि प्रहरीले जनाएको छ । उक्त सूचनाका आधारमा प्रहरीले पाकिस्तानी, भारतीय र नेपाली गरी २० जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
बेलायतमा रहेको कल्कि अवतार फाउण्डेसनको नेपाल प्रतिनिधि पाकिस्तानी नागरिक कयूम रियाजको मेल ह्याक गरी भारतीले उक्त फाउण्डेसनको प्रमुखलाई विष्फोट गर्ने योजना सहितको इमेल पठाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भारतीलाई साईवर अपराध अन्तर्गत कारवाही गर्ने जनाएको छ । आजै ललितपुर प्रहरी परिसरले पत्रकार सम्मेलन गरी काठमाडौंका विभिन्न स्थानमा चोरीमा संलग्न ३ जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरका अमर देउला, काभ्रेका छोइसाङ्ग तामाङ र सतिश घतान रहेका छन् । उनीहरुबाट प्रहरीले करिब १५ लाख बरावरको चोरीको धनमाल बरामद गरेको छ ।
जसमा सुन तथा चादीका गरगहना, विभिन्न कम्पनीका ल्यापटप, मोवाइल सेट र डिजिटल क्यामेराहरु रहेका छन् । देउला र तामाङ चोरीका मुख्य योजनाकार भएको र घतान चोरीको सामान किन्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । 
IMAGEKHABAR