सामुदायिक प्रहरी सेवा केन्द्र अर्घाखाँचीद्धारा अति बिपन्न र जेहेन्दार बिद्यार्थीलाइ शैक्षिक सामग्री वितरण

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । सामुदायिक प्रहरी  सेवा केन्द्र अर्घाखाँचीले  जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको गंगा निम्न माध्यमिक विद्यालयका विदयार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ  । विद्यालयका ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री विरण गरियो । १५ जना जेहेनदार, ९ जना अतिविपन्न, र छ जना गरिव विद्यार्थीलाई  सामग्री वितरण गरिएको छ । 
 


(तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम)
 


गरिव अतिविपन्न, र जेहेनदार विद्यार्थीको पठन पाठनमा सहयोग पु-याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको  केन्द्रका अध्यक्ष राम बहादुर चौहानले बताए  । प्रमुख जिल्ला अधिकारी  ज्ञानप्रसाद ढकाल, प्रहरी नायव उपरिक्षक दीपेन्द्र जि.सी, समाजसेवी उमेश घिमिरेले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे । समाजसेवी  घिमिरेले शैक्षिक सामग्री उपलव्ध गराएका हुन ।
प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा रहेका अन्य विद्यालयमा पनि यो अभियान लैजानु पर्ने बताए । उनले विद्यार्थीको भविश्य उज्जवल बनाइदिने काममा सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।  ढकालले  सहयोग गर्न चाहने सहयोदाताको अभाव नरहेको भन्दै यो अभियानलाई जिल्लाका दर्गम बस्ती सम्म पु-याउन सकिने बताए । 
 


(तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम)
 


प्रंहरी नायब उपरिक्षक  जिसीले यो अभियानको परिकल्पना आफू भएको भन्दै यसलाई जिल्लाका विभिन्न ठाउँमा लैजाने बताए ।  उनले  शैक्षिक सामग्री वैंक स्थापना गरेर सामग्री संकलन गरिएको बताए  ।
विद्यालयका प्रधानध्यापक प्रदिप भण्डारीले आफ्नो विद्यालयमा अध्ययन गर्ने  विद्यार्थी निकै कमजोर आर्थिक स्थितिका भएका भन्दै शैक्षिक सामग्री वितरणले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने बताए ।  उनले  आगामी दिनमा पनि विद्यार्थीलाई राहत हुने खालका यस्तै  कार्यक्रमहरु ल्याउनुपर्ने बताए । 
 


(तस्बिर:  अर्घाखाँचीडट्कम)
 


पत्रकार महासंघका सचिव प्रेमनारायण  आचार्यले सामुदायिक सेवा केन्द्रको विद्यालय केन्दित कार्यक्रम प्रभावकारी हुने बताए ।  उनले  आर्थिक रुपमा कमजोर रहेका जिल्लाका अन्य  ठाउँका विदयार्थी माझ पनि यो कार्यक्रम पु-याउनुपर्ने सुझाव दिए ।  कार्यक्रम सेवा केन्द्रका अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता र सचिव हेमन्त बेल्वासेका सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु